पौरखी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड समुदायमा रहेको ससानो पुँजी सङ्कलन तथा परिचालन गरी सदस्यहरुको आर्थिक उन्नतीका लागि क्रियाशील सहकारी संस्था हो । यसले अन्तर्राष्ट्रिय बचत तथा ऋण सङ्घका सिद्धान्तहरुलाई पालना गर्दै आफ्ना सदस्यहरुबाट बचत सङ्कलन गर्ने, बचतमा निश्चित ब्याज प्रदान गर्ने तथा सुलभ ब्याजदरमा आफ्ना सदस्यहरुलाई ऋण प्रवाह गर्ने गर्दछ ।
२८ जना सदस्यहरुको सक्रियतामा रु.२८००० सेयर पुँजी सङ्कलन गरी सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय, बाँकेमा मिति २०६४ जेठ ३१ गते विधिवत् दर्ता भएको यस सहकारी माथि उठी सहकारीका राष्ट्रिय अन्तर्राष्ट्रिय मूल्य मान्यताहरुका आधारमा इमान्दारिता, पारर्शिता र नैतिकता पूर्वक संस्था सञ्चालन हुँदै आएको छ ।
काधँमाथि जिम्मेवारी मनमा इमान्दारी ।
मूलमन्त्र मस्तिष्कमा राखी समझदारी ।।
पौरखी हाैँ श्रम, सिप, सहकार्य गर्छौँ ।
मन, कर्म वचनले हामी अघी बढ्छौँ ।