पौरखी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड समुदायमा रहेको ससानो पुँजी सङ्कलन तथा परिचालन गरी सदस्यहरुको आर्थिक उन्नतीका लागि क्रियाशील सहकारी संस्था हो । यसले अन्तर्राष्ट्रिय बचत तथा ऋण सङ्घका सिद्धान्तहरुलाई पालना गर्दै आफ्ना सदस्यबाट बचत सङ्कलन गर्ने, बचतमा निश्चित ब्याज प्रदान गर्ने तथा सुलभ ब्याजदरमा आफ्ना सदस्यहरुलाई ऋण प्रवाह गर्ने गर्दछ ।
२८ जना सदस्यहरुको सक्रियतामा रु.२८००० सेयर पुँजी सङ्कलन गरी सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय, बाँकेमा मिति २०६४ जेठ ३१ गते विधिवत् दर्ता भएको यस सहकारी माथि उठी सहकारीका राष्ट्रिय अन्तर्राष्ट्रिय मुल्य मान्यताहरुका आधारमा इमान्दारिता, पारर्शिता र नैतिकतापूर्वक संस्था सञ्चालन भइरहेको छ ।
उद्देश्यहरु
अन्य कार्यहरु:
- सहकारिताका सिद्धान्त एवं मर्म अनुसार सदस्यहरुमा आपसी सहयोगको भावना विकास गरी आर्थिक एवं सामाजिक विकासमा मदत पुर्याइ स्वावलम्बी एवं आत्मनिर्भर गराई एक विकसित एवं सभ्य समाजको निमार्ण गर्ने ।
- संस्थामा संलग्न सदस्यहरु बिच मितव्ययिताको भावना विकास गरी भविष्यका लागि नियमित बचत गर्ने बानी प्रर्वधन गर्ने र प्रतिस्पर्धात्मक दरमा ब्याज उपलब्ध गराउने ।
- सदस्यहरुलाई उत्पादनशील,आयमूलक एवं सिपमूलक कार्यमा सर्वसुलभ ढङ्गबाट ऋण परिचालन गरी आर्थिक सामाजिक अवस्थामा सुधार ल्याई दिगो जीविकोपार्जनमा सहयोग पुर्र्याउने ।
- सहकारितामा आधारित सामुदायिक एवं एकीकृत विकासका पूर्वाधारहरु तयार गर्न मदत गरी सदस्यहरुको समग्र स्तर उकास्न र दिगो विकास गर्न सहयोग गर्ने
- समान उद्देश्य भएका स्थानीय, क्षेत्रीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय सरकारी तथा गैर सरकारी संस्थाहरुसँग सहयोगात्मक तथा साझेदारितामा आधारित सम्बन्धको विकास गर्ने ।
- सदस्यहरुको आर्थिक उन्नति तथा दिगो संस्थागत विकासका लागि स्थानीय समुदाय तथा सेयर सदस्यको चाहना र आवश्यकतालाई ध्यानमा राखी सहकारीको माध्यमबाट गर्न सकिने लघु व्यावसायहरु सञ्चालन गर्न पहल गर्ने ।
- सदस्यहरुलाई भरपर्दो संस्थासँग स्वास्थ उपचार, एम्बुलेन्स सेवा सञ्चालन, स्वास्थ्य बिमा, लघु जीवन बिमा एवं दुर्घटना बिमा गराई आर्थिक एवं मानवीय सुरक्षणको व्यवस्था गर्न सहयोग गर्ने ।
- कृषि उत्पादन बेच बिखन, प्रशोधन र उपभोग्य वस्तु खरिद बिक्री गरी सदस्यहरुको आर्थिक सामाजिक हित गर्ने ।
अन्य कार्यहरुः
- सहकारी बारे सदस्यहरुलाई चेतना अभिवृद्धि गर्ने
- सहकारी मार्फत जनसङ्ख्या तथा परिवार कल्याण, शिक्षा, स्वास्थ्य तथा वातावरण सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाउने ।
- सरकारी तथा गैरसरकारी संस्थासँग समन्वय गरी कार्य क्षेत्र भित्र पछाडि पारिएका व्यक्ति वा समुदायको आर्थिक एवं सामाजिक उत्थानमा सहयोग पुर्याउने ।
- दातृ संस्थाहरुबाट संस्थाको स्वायत्तताम आँच आउने कुनै पनि सर्त नराखी प्राप्त हुने अनुदान स्वीकार गर्ने
- सदस्यको समृद्धि र सको अधिकतम हितलाई ध्यानमा राखी सहकारी ऐन नियमहरु र संस्थाको विनियमा व्यवस्था भए बमोजिम दैनिक कार्य सञ्चालनका लागि चल अचल सम्पत्ति आर्जन गर्ने क्रय विक्रय गर्ने, विनियम गर्ने, हस्तान्तरण गर्ने , धरौटी राख्ने, बन्धक राख्ने आदि कार्यहरु गर्ने ।
- सेयर सदस्यहरु लाई फाइदा पुर्याउन सकिने क्षेत्रहरु क्रमशः क्षमता अभिवृद्धि संस्थागत विकास स्वास्थ्य तथा सरसफाइ शिक्षा प्राकृतिक स्रोत व्यवस्थापन जस्ता कार्यक्रमहरु सञ्चालन गर्ने ।
- यस सहकारीको आवश्यकता अनुसार अन्य सङ्घ संस्थाबाट ऋण लिने र दिने ।
- साधारण सभाको निर्णयको आधारमा शेयर सदस्यको हित हुने कार्य गर्ने ।
- विभिन्न सङ्घ संस्थाहरुसँग समन्वय तथा साझेदारीमा भौतिक निमार्णका कार्यसँग सम्बन्धित गतिविधि सञ्चालनका लागी वातावरण तयार गर्न मदत गर्ने ।
- कृषितर्फ उन्नत बिउ,रासायनिक मल,कीटनाशक औषधीको व्यवस्था गरी उन्नत खेती गर्न ऋण उपलब्ध गराउने ,कृषि उपज खरिद विक्री, भण्डारण ,प्रशोधनमा सहयोग गर्न र मिसावट रहित उपभोग्य वस्तु सदस्यहरुलाई उपलब्ध गराउने ।
मान्यताहरु
१. संस्थाको सञ्चालक समिति, लेखा समिति, उपसमितिहरु, कर्मचारी एवं सम्पूर्ण सेयर सदस्यहरु ‘हामी’ भन्ने भावनाबाट क्रियाशील हुने ।
२.व्यक्त्तिगत स्वार्थभन्दा माथि उठी संस्थागत र सामूहिक हितका लागि सेवारत रहने ।
३. सहकारिताका राष्ट्रिय, अन्तर्राष्ट्रिय मूल्य मान्यताहरुको पूर्ण पालना गरी सोही आधारमा कार्यक्रमहरु सञ्चालन गर्ने ।
४. स्थानीय स्तरमा उपलब्ध स्रोत साधनहरुको प्रयोग गरी प्रभावकारी सेवा दिने ।
५. प्रजातान्त्रिक पद्धति अनुरुप संस्थाका निर्णयहरु गर्ने ।
६. संस्थाका गतिविधिहरुबारे समयमै सदस्यलाई जानकारी दिने ।
७. संस्थामा आबद्ध समाजमा पछाडि पारिएका वर्गहरुको उन्नतिका लागि प्रतिवद्ध रहने ।
८. संस्थाका सञ्चालकहरु, सेयर सदस्यहरु र सन्ततिहरुलाई चरित्रवान्, नैतिकवान्, अनुशासित एवं राष्ट्रप्रति जिम्मेवार नागरिक बनाउन सहयोग गर्ने ।