पौरखी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड समुदायमा रहेको ससानो पुँजी सङ्कलन तथा परिचालन गरी सदस्यहरुको आर्थिक उन्नतीका लागि क्रियाशील सहकारी संस्था हो । यसले अन्तर्राष्ट्रिय बचत तथा ऋण सङ्घका सिद्धान्तहरुलाई पालना गर्दै आफ्ना सदस्यहरुबाट बचत सङ्कलन गर्ने, बचतमा निश्चित ब्याज प्रदान गर्ने तथा सुलभ ब्याजदरमा आफ्ना सदस्यहरुलाई ऋण प्रवाह गर्ने गर्दछ ।
२८ जना सदस्यहरुको सक्रियतामा रु.२८००० सेयर पुँजी सङ्कलन गरी सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय, बाँकेमा मिति २०६४ जेठ ३१ गते विधिवत् दर्ता भएको यस सहकारी माथि उठी सहकारीका राष्ट्रिय अन्तर्राष्ट्रिय मूल्य मान्यताहरुका आधारमा इमान्दारिता, पारर्शिता र नैतिकता पूर्वक संस्था सञ्चालन हुँदै आएको छ ।
यस पौरखी बहुउद्देश्यीय सहकारी संस्थाको मिति २०८२ अषाढ १ गते आइतबार १८ औं बार्षिकोत्सव तथा अभिमुखीकरण तालिम सम्पूर्ण संस्थापक, सञ्चालक, सेयर सदस्य, शुभेच्छुकको उपस्थितिमा भब्यताका साथ सु- सम्पन्न भएको छ। उपस्थित सम्पुर्णमा हार्दिक धन्यवाद ।
१८ औँ वार्षिक साधारणसभामा प्रस्तुत आ व २०८०-२०८१ को वार्षिक प्रतिवेदन
१८ औँ वार्षिक साधारण सभा सम्बन्धी सूचना
यस पौरखी बहुउद्देश्यी सहकारी संस्थाको १७औँ वार्षिकोत्सव तथा नयाँ सदस्यहरुका लागि अभिमुखीकरण तालिम संस्थाका अध्यक्ष दुर्गा प्रसाद अधिकारीज्यूको सभापतित्वमा र विज्ञ सल्लाहकार श्री हरि तिमिल्सिनाज्यूको प्रमुख आतिथ्यमा सम्पन्न । सह-सचिव श्री दिल बहादुर खड्का र उपाध्यक्ष श्री मीना बरालज्यूको सञ्चालनमा भएको वार्षिकोत्सवमा व्यवस्थापकीय जिम्मेवारी कोषाध्यक्ष श्री पूर्णदेव गिरी र व्यवस्थापकज्यूले गर्नु भएको थियो । अध्यक्ष […]
17 au sadharan sava
यस पाैरखी बहुउद्देश्यीय सहकारी संस्थाको साधारणसभा २०८०/६/२० गते गर्ने भनिएकोमा नेपालगन्जको असहज अवस्थाका कारण हाललाइ स्थगित गरिएको जानकारी गराइन्छ । sadharan sava cancel pdf
notice for member 17 sadharan sava
notice for see
पौरखी बहुउद्देश्यीय सहकारी संस्थालाई सम्मानको अवसर दिनुहुने राष्ट्रिय सहकारी बैङ्क नेपालगन्ज शाखा प्रबन्धक सागर योगी सर लगायत शाखाका सबै साथीहरूलाई हार्दिक साधुवाद।अध्यक्ष के वी उप्रेती सर, प्रदेश संयोजक विजया धितालज्यू समेत राष्ट्रिय सहकारी बैङ्कप्रति हार्दिक आभार प्रकट गर्दछाैँ।
यस संस्थाको १६औँ वार्षिकोत्सवको अवसरमा आयोजित बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न गर्न सहयोग गर्नु हुने नेपालगन्ज उपमहानगरपालिका वडा नं १८, भिजन आँखा अस्पताल ने.गं, ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा केन्द्र फुलटेक्रा, बाँके डेन्टल क्लिनिक बीपी चोक र औसधि तथा अन्य उपकरण उपलब्ध गराउनु हुने सहयोगी संस्था लगायत संस्थाका सञ्चालक समिति, लेखा समिति, सलाहकार समितिका पदाधिकारी […]
संस्थाका पदाधिकारीज्यूहरु तथा सेयर सदस्यज्यूहरुले आ आफ्नो छरछिमेकीहरुलाइ माैकाको फाइदा उठाउन सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछाैँ ।
यस संस्थाका सम्पूर्ण सेयर सदस्यज्यूहरु र शुभेच्छुक सहयोगी सबैमा १६औँ वार्षिकोत्सवको हार्दिक शुभकामना। यस संस्थाको १६औँ वार्षिकोत्सव तथा नयाँ सदस्यहरुका लागि अभिमुखिकरण तालिममा उपस्थित प्रमुख अतिथि श्री प्रकाश ज्ञवाली, अतिथिज्यूहरु श्री मधु सुदन शर्मा, कृष्ण प्रसाद श्रेष्ठ, तलत प्रवीन खाँ, सल्लाहकारज्यूहरु, लेखा सु. स संयोजकज्यू, अभिमुखिकरणमा सहभागी सदस्यज्यूहरु, समितिका पदाधिकारी सदस्यज्यूहरु सबैलाइ हार्दिक धन्यवाद ।।
नयाँ वर्ष २०८० को सुखद उपलक्ष्यमा सम्पूर्ण सेयर सदस्य महानुभावज्यूहरु,सञ्चालक समिति, कर्मचारी यवं सम्पूर्ण नेपाली दाजुभार्इ, दिदी बहिनीहरुमा सुख, शान्ति, सम्बृद्धि तथा उत्तरोउत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछाैँ । पाैरखी बहुउद्देश्यीय सहकारी संस्था लि.
“सहकारीको दिगोपना स्वनियमन र सुशासन” भन्ने मूल नाराका साथ ६६ औँ राष्ट्रिय सहकारी दिवसकाे अवसरमा आज २०७९ चैत्र १९ गते सम्पन्न भएको सहकारी अभियन्ताहको संयुक्त सहकार्यपूर्ण रेलीमा पौरखी बहुउद्देश्यीय सहकारी संस्था लि को सहकार्यका झलकहरु ।
मिति २०७९/१०/२८ गते शनिवारका दिन यस पाैरखी बहुउद्देश्यीय सहकारी संस्थाद्वारा आयोजना गरिएको वनभोज कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएको छ ।