• paurakheemtp@gmail.com
  • +977 -81 -551041
  • 9848055700

१७औँ वार्षिकोत्सव सम्पन्न

June 16, 2024
यस पौरखी बहुउद्देश्यी सहकारी संस्थाको १७औँ वार्षिकोत्सव तथा नयाँ सदस्यहरुका लागि अभिमुखीकरण तालिम संस्थाका अध्यक्ष दुर्गा प्रसाद अधिकारीज्यूको सभापतित्वमा र विज्ञ सल्लाहकार श्री हरि तिमिल्सिनाज्यूको प्रमुख आतिथ्यमा सम्पन्न ।
सह-सचिव श्री दिल बहादुर खड्का र उपाध्यक्ष श्री मीना बरालज्यूको सञ्चालनमा भएको वार्षिकोत्सवमा व्यवस्थापकीय जिम्मेवारी कोषाध्यक्ष श्री पूर्णदेव गिरी र व्यवस्थापकज्यूले गर्नु भएको थियो । अध्यक्ष श्री दुर्गा प्रसाद अधिकारी, उपाध्यक्ष श्री मीना बराल, विज्ञ सल्लाहकार श्री हरि तिमिल्सिना र सह- सचिव श्री दिल बहादुर खड्काले सहकारी सम्बन्धी विभिन्न विषयमा तालिम सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, सल्लाहकारज्यूहरु, पूर्व सञ्चालकहरु, कर्मचारीहरु र ६० जना नयाँ सदस्यहरुको सहभागिता रहेको थियो । वार्षिकोत्सवमा सल्लाहकार श्री शान्तिराज रेग्मीज्यूले शुभकामना मन्तव्य र उपाध्यक्षज्यूले स्वागत मन्तव्य राख्नु भएको थियो । यस वार्षिकोत्सवलाई सभ्य रुपमा सफल गराइदिनु हुने उपस्थित सम्पूर्णलाई हार्दिक धन्यवाद ।।